सांकेतिक तस्बिर

समाचार

४३५ संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ?

By खबरहब

October 10, 2021

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४३५ कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ । मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर हाल ३२२ कोरोना संक्रमितको आईसीयूमा र ११३ को भेन्टिलेटरमा गरी कुल ४३५ जना उपचाररत छन् ।

मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा ७४ जना आईसीयूमा र ४१ जना भेन्टिलेटरमा उपचाररत छन् । यसैगरी प्रदेश २ मा आइसीयूमा १ जना उपचाररत छन् ।

त्यस्तै बागमती प्रदेशमा १५७ जना आईसीयूमा र ६३ जना भेन्टिलेटरमा उपचारत छन् भने गण्डकी प्रदेशमा ३५ जना आईसीयूमा र २ उपचाररत छन् ।

त्यस्तै लुम्बिनी प्रदेशमा ४४ जना आईसीयूमा र ४ जना भेन्टिलेटरमा उपचाररत छन् ।

कर्णाली प्रदेशमा ६ जना आईसीयूमा र २ जना भेन्टिलेटरमा उपचारत छन भने सुदूरपश्चिम प्रदेशमा ५ जना आईसीयू र १ जनालाई भेन्टिलेटरमा राखेर उपचार भइररहेको मन्त्रालयले जनाएको छ ।