काठमाडौँ– पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै ३१ देखि ४० उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३१ देखि ४० वर्ष उमेर समूहका सबैभन्दा धेरै १४० जनामा कोरोना पुष्टि भएको छ । यस्तो छ उमेर समूह अनुसार कोरोना संक्रमितको विवरण :
०–१० वर्ष – १९
११–२० वर्ष – ४६
२१–३० वर्ष – १२८
३१–४० वर्ष – १४०
४१–५० वर्ष – ८४
५१–६० वर्ष – ७१
६१–७० वर्ष –३९
७१–८० वर्ष – २०
८० वर्षभन्दा माथि – १८