फाइल फोटो

आर्थिक

उद्योगहरुको अवस्थाबारे लेखाजोखा गर्न अर्थमन्त्रीको निर्देशन

By खबरहब

October 10, 2021

काठमाडौँ- अर्थमन्त्री जनार्दन शर्माले नेपालका उद्योगहरुको अवस्थाकाबारे लेखाजोखा गर्न निर्देशन दिएका छन् ।

आइतबार स्टील र डण्डी व्यवसायीहरुसँगको छलपलमा अर्थमन्त्री जनार्दन शर्माले व्यवसायीहरुको समस्या बुझ्न समिति बनाएर अध्ययन गर्न निदेर्शन दिएका हुन् । उनले बाहिरबाट आउने सामानहरु के हुन ? कर्मचारीको अवस्था के छ ? उत्पादनको अवस्था के छ भन्नेबारे बुझन निर्देशन दिए ।

सरकारले लागू गरेको नयाँ व्यवस्थामा भन्सार वर्गीकरणको ७२०७ देखि ७२११ नम्बरमा पर्ने बिलेटमा भन्सार दर यथावत गरी अन्तःशूल्क प्रति मेट्रिकटन १६५० बाट बढाएर २५०० रुपैयाँ पुर्‍याएको छ । यस्तै, भाग ७२०३ अन्तर्गत स्पञ्ज तथा भाग ७२०४ अन्तरगत फलामको पत्रु भन्सारदर पूरै छुट दिँदै अन्तःशुल्क समेत नलाग्ने व्यवस्था समेत गरेको छ ।

तर एमएस बिलेट ल्याएर डण्डी बनाउने उद्योगीले मूल्य नबढाएको बताउँदै व्यवसायीहरुले स्पञ्ज आइरन ल्याएर डण्डी बनाउने उद्योगीले नै रडको मूल्य बढाएको बताए ।

अन्तरराष्ट्रिय बजारमा कच्चा पर्दाथको मूल्य बृद्धि भएको बताउँदै नेपालमा पनि मूल्य बढेको व्यवसायीहरुको भनाइ छ । उनीहरुले व्यवसायीहरुले कतिपय तथ्यांक गलत प्रयोग गरेको समेत जानकारी दिएका थिए ।

व्यवसायीहरुले २४ वटा उद्योग बन्द गर्ने र ६ वटा उद्योग सञ्चालन गर्ने प्रक्रिया गलत भएको बताएको जिकिर गरेका थिए ।

सरकारले प्रतिस्थापन विधेयकमार्फत स्पञ्ज आइरन आयातमा भन्सार छुट दिए पनि छड उत्पादकहरूले मूल्य बढाएको गुनासो बढेपछि छलफल गरिएको अर्थमन्त्रालयले जनाएको छ।