ग्वाटेमालामा कन्टेनरभित्र छाडिएका नेपालीसहित १२६ आप्रवासीको उद्धार

By खबरहब

October 10, 2021

काठमाडौँ- ग्वाटेमाला प्रहरीले १२६ जना आप्रवासीको उद्धार गरेको छ । अवैध बाटो भएर अमेरिका लैजाने एजेन्टले ग्वाटेमालाको नुएभा कन्सेप्सन र कोकालेस सहरको बीच क्षेत्रमा कन्टेनरमै छाडेका उनीहरुको प्रहरीले उद्वार गरेको हो ।

उद्धार गरिएका मध्ये केही नेपाली नागरिक समेत रहको बीबीसीले जनाएको छ ।

कतिजना नेपाली नागरिक छन् भन्ने एकिन खुलाइएको छैन । समाचारमा जनाइए अनुसार उनीहरुलाई मेक्सिको हुँदै अमेरिका लैजाने भनेर एजेन्टले बाटामै छाडिदिएका थिए ।

प्रहरी अधिकारीले आफूहरुले कन्टेनरभित्र कराइरहेको सुनेको र ढोका खोल्दा १२६ जना कागजात नभएका मानिस भेटिएको बताएका छन्।