खेलकुद

साफ च्याम्पियनसिप फुटबल : पहिलो हाफमा नेपाल र भारतबीच गोलरहित बराबरी

By खबरहब

October 10, 2021

काठमाडौँ- माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबल अन्तर्गत नेपाल र भारतबीचको खेल जारी छ । मालेस्थित राष्ट्रिय रंगशालामा जारी खेलको पहिलो हाफ सकिँदा नेपालले भारतसँग गोलरहित बराबरी खेलेको छ ।

पहिलो हाफमा भारतले बलमा पकड जमाए पनि गोल गर्न सकेन । नेपालले तेस्रो खेलमा भारतसँग खेलिरहेको हो । जारी प्रतियोगितामा नेपाल ६ अंक जोडेको छ ।

नेपाल आज भारतलाई हराएर फाइनल पुग्न चाहन्छ । पहिलो खेलमा नेपालले माल्दिभ्सलाई १-० ले हराएको थियो । दोस्रो खेल नेपालले श्रीलंकालाई ३-२ ले हराएको थियो ।

भारत २ अंक जोडेर चौंथो स्थानमा रहेको छ । भारतले अघिल्लो दुई खेलमा बराबरी खेलेको थियो ।