समाचार

आगामी तीन दिनको मौसम सामान्य रहने

By खबरहब

November 10, 2021

काठमाडौँ – हाल नेपालमा कुनै उल्लेखनिय मौसमी प्रणालीको असर छैन। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज (बुधबार) बिहान मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै यस्तो जानकारी गराएको हो ।

महाशाखाकाअनुसार हाल देशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ ।

साथै महाशाखाले वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न सामान्य सतर्कता अपनाउन अनुरोधसमेत गरेको छ ।

हेर्नुहोस् महाशाखाले जारी गरेको आगामी तीन दिनको मौसम पूर्वानुमान