क्रिकेट

इङ्ल्याण्ड र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

By खबरहब

November 10, 2021

काठमाडौँ – इङ्ल्याण्ड र न्युजिल्याण्ड आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको सेमिफाइनलमा आज (बुधबार) भिड्ने भएका छन् ।

सेमिफाइनलको पहिलो खेलमा आज राति पौने ८ बजे अबुधाबीमा खेल सुरु हुनेछ ।

इङ्ल्याण्ड समूह वानको विजेता र न्युजिल्याण्ड समूह टूको उपविजेताको रुपमा सेमिफाइनल भेट पक्का गरेका हुन् ।

इङ्ल्याण्डले यसअघि समेत टी–ट्वान्टी विश्वकप जितिसकेको छ । तर न्युजिल्याण्डले यो सफलता हात पार्न सकेको छैन ।

इङ्ल्याण्डले यस प्रतियोगितामा ५ खेल खेलेको छ । जसमा उसले ४ मा जित र १ मा हार ब्यहोरेको छ । न्युजिल्याण्डले समेत ५ मध्य ४ मा जित र १ मा हार ब्यहोरेको छ ।

टी–२० विश्वकपको दोस्रो सेमिफाइनलमा भोलि (बिहिबार) पाकिस्तान र अष्ट्रेलिया भिड्नेछन् ।