रोचक/विचित्र संसार

गान्धी बच्चैदेखि अहिंसाको बाटोमा : एक प्रेरक प्रसङ्ग

By खबरहब

November 10, 2021

मोहनदास करमचन्द (महात्मा गान्धी) लाई बाल्यकालमा रुख चढ्ने शौक थियो । एक पटक उनको दाइले उनी रुखमा चढेको देखे र खुट्टा समाएर तल झारिदिए । उनी रुँदै घर फर्किए ।

‘आमा दाइले मलाई कुट्यो’ उनले गुनासो पोखे ।

उसो भए तँ पनि उसलाई कुट । आमाले उनलाई भनिदिइन् ।

हैन आमा म उसलाई कुट्दिनँ । तपाईं पिट्नेलाई त पिट्न सक्नुहुन्न, पिटाइ खानेलाई पिट्न सिकाउनुहुन्छ ।

आमा उनको कुरा सुनेर आश्चर्यचकित भइन् ।

तैँले यस्तो  जवाफ कहाँबाट सिकिस् ? कसले सिकाउँछ तँलाई यस्ता कुरा ? यसो भन्दै उनले छोरालाई काखमा राखिन् । उनी बालक नै मोहनदास करमचन्द थिए, जसले अहिंसाको बाटो अपनाएर भारतलाई स्वतन्त्र बनाएका थिए ।

साभार  : ‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट