लिवर करि (कलेजो) बनाउने सजिलो तरिका

By खबरहब

November 10, 2021

आवश्यक सामग्रीः १/२ कि. कलेजो, ५० ग्राम प्याज काटेको, ५० ग्राम भेडेखोर्सानी, १/४ चियाचम्चा सौफ, १/४ । १/४ चियाचम्चा बेसार खोर्सानी मेथी धुलो, १/१ चियाचम्चा जिरा धनिया नरिवल धुलो, २५/२५ ग्राम अदुवा लसुन पेष्ट, १ टेबुलचम्चा कागतिको रस, नुन अजिनोमोटो इच्छा अनुसार, १/४ चियाचम्चा गरम मसला, २ मुठा धनिया, २ टेबुल चम्चा तेल ।

बनाउने तरिकाः

कलेजो सफा गरि नुन बेसार राखेर हल्का उसिन्नु र पिस गर्नु । अब तेल तताई प्याज रातो हुने गरी भुट्नु, लसुन र अन्य मसला कलेजो राख्नु, तेल नछुटिन्जेल सानो आगोमा पकाउनु र आवश्यक पानी कागतिको रस, धनियाँ गरम मसला राख्नु तयार भयो । कलेजो खसी, कुखुरा, बफहरू जे को भए पनि हुन्छ । आफूलाई जे मन पर्छ । त्यसरी नै तयार गर्न सकिन्छ ।

साभारः ‘सजिलो कुकिङ’ पुस्तकबाट