फाइल फोटो

आर्थिक

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

By खबरहब

November 10, 2021

काठमाडौँ– आज सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा २०० रुपैयाँले बढेको छ ।

नेपाली बजारमा आज छापावाल सुन प्रतितोला ९२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार तेजावी सुन प्रतितोला ९२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो छापावाल सुन ९२ हजार ५०० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।

त्यस्तै चाँदी आज १ हजार २५० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।