मनोरञ्जन

‘कबड्डी ४’ को ५० प्रतिशत छायांकन पुरा

By खबरहब

November 10, 2021

काठमाडौं– फिल्म ‘कबड्डी’को चौथो संस्करण ‘कबड्डी ४ः द फाइनल म्याच’को छायांकन ५० प्रतिशत पुरा भएको छ । फिल्म मुस्ताङको विभिन्न स्थानमा छायांकन भइरहेको छ ।

निर्माता मणिराम पोखरेलका अनुसार फिल्मको बाँकी छायांकन आगामी १५ दिनमा पुरा हुनेछ । निर्माण टिमले छायांकन स्थलबाट केही तस्वीर सार्वजनिक गरेको छ । तस्वीरमा अभिनेता दयाहाङ राई, बुद्धि तामाङ र विजय बराललाई देख्न सकिन्छ ।

रामबाबु गुरुङको निर्देशन रहेको फिल्ममा दयाहाङ राई, सौगात मल्ल, बुद्धि तामाङ, विजय बराल, मिरुना मगर, गौमाया गुरुङ, पुष्कर गुरुङ, कविता आले, जयनन्द लामालगायतको अभिनय छ ।

बासुरी फिल्मसको ब्यानरमा निर्माण भइरहेको फिल्ममा निर्देशक गुरुङ र उपेन्द्र सुब्बाको कथा, पटकथा र संवाद, मणिराम पोखरेल, अर्जुन कार्की र ओमचन्द्र रौनियारको निर्माण, निमेष श्रेष्ठको सम्पादन, शैलेन्द्र डि कार्कीको छायांकन र कालीप्रसाद बाँस्कोटाको संगीत छ ।