देश/प्रदेश

सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु

By खबरहब

November 10, 2021

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको हेलम्बु–७ इचोकमा यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु इचोकबाट काठमाडौँका लागि छुटेको सिन्धु हेलम्बु यातायात प्रालिको बा ४ ख ५८१५ नम्बरको बस दुर्घटना हुँदा हेलम्बु–३ पाल्चोककी ५५ वर्षीया पासाङ तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय हेलम्बुका अनुसार पाँच जना घाइते भएका छन् । उनीहरूलाईउद्धार गरी उपचारका धुलिखेल अस्पताल पठाइएको छ । इलाका प्रहरी कार्यालय हेलम्बुका प्रहरी नायव निरीक्षक सुनील थापाका अनुसार बस चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान सुरु गरिएको छ । ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

यसअघि मंगलबार अरनिको राजमार्ग अन्तर्गत सदरमुकाम चौताराबाट काठमाडौँ जाँदै गरेको माइक्रोबस चौतारा साँगाचोकगढी नगरपालिका–११ पोखरेबेसीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको थियो ।