समाचार

आज कुन उमेर समूहमा कति कोरोना संक्रमित थपिए ?

By खबरहब

November 10, 2021

काठमाडौँ– पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै ३१ देखि ४० उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३१ देखि ४० वर्ष उमेर समूहका सबैभन्दा धेरै ८९ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तो छ उमेर समूह अनुसार कोरोना संक्रमितको विवरण : ०–१० वर्ष –१४

११–२० वर्ष –२१

२१–३० वर्ष –८२

३१–४० वर्ष – ८९

४१–५० वर्ष – ६८

५१–६० वर्ष – ५२

६१–७० वर्ष –३१

७१–८० वर्ष – १७

८० वर्षभन्दा माथि –१२

अज्ञात– १