सांकेतिक तस्बिर

समाचार

२४२ संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ?

By खबरहब

November 10, 2021

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४२ कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ ।

मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर हाल १८९ कोरोना संक्रमितको आईसीयूमा र ५३ को भेन्टिलेटरमा गरी कुल २५४ जना उपचाररत छन् ।

मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा १९ जना आईसीयूमा र ११ जना भेन्टिलेटरमा उपचाररत छन् ।

यसैगरी प्रदेश २ मा २ जना आईसियूमा र १ जना भेन्टिलेटरमा उपचाररत छन् भने बागमती प्रदेशमा ११४ जना आईसीयूमा र ३६ जना भेन्टिलेटरमा उपचारत छन् ।

गण्डकी प्रदेशमा २९ जना आईसीयूमा र २ जना भेन्टिलेटरमा उपचाररत छन् । त्यस्तै लुम्बिनी प्रदेशमा २२ जना आईसीयूमा र २ जना भेन्टिलेटरमा उपचाररत छन् ।

कर्णाली प्रदेशमा १ जना आईसीयूमा उपचारत छन् भने सुदूरपश्चिम प्रदेशमा २ जना आईसीयूमा र १ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।