काठमाडौँ– बुधबार छठका अवसरमा व्रतालुहरुले जलाशायमा पुगेर अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका छन् । राजधानी काठमाडौँलगायतका देशको तराईमा छठ धुमधामका साथ मनाइएको छ । सूर्य भगवानको उपसाना गरिने यो परिवत्र पर्वमा अघिल्लो दिन अस्ताउँदो र भोलिपल्ट उदाउँदो सूर्यलाई अर्घ्र्य दिइन्छ । मुख्यगरे मिथिला क्षेत्रमा छठ धुमधामका साथ मनाइन्छ । छठ पूजाका लागि जलाशायहरुलाई सिंगारिएको छ ।
जनकपुरधामको गंगासागर पोखरीमा व्रतालुहरुले अस्ताउँदो सूर्यलाई अर्घ दिदैं गर्दा । तस्बीर : अजयकुमार साह, धनुषा रासस
सप्तरीको हनुमाननगरबाट छठ पर्वका दिन बुधबार साँझ अस्ताउँदै गरेको देखिएको सूर्य । तस्वीर : अरुणकुमार यादव,रासस
छठ पूजाको तेस्रो दिन बुधबार वीरगन्जको घडिअर्वा पोखरी छठ घाटमा अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गर्दै व्रतालुहरु । तस्वीर : विजय कुमार महत
छठ पर्वको अवसरमा बुधबार साझ कमलपोखरीमा अस्ताउँदो सूर्यलाई अर्घ भक्तजनहरु दिँदै । तस्वीर : प्रदीपराज वन्त, रासस