आर्थिक

घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

By खबरहब

December 10, 2021

काठमाडौँ- साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य सामान्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँ कायम भएकोमा शुक्रबार एक सय रुपैयाँले घटेर प्रतितोला ९२ हजार २०० रुपैयाँ कायम भएको हो ।

शुक्रबार छापावाल सुन प्रति १० ग्राम ७९ हजार ४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार ७०० रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुन प्रति १० ग्राम ७८ हजार ६१५ रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।

शुक्रबार चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेको छ । चाँदीको मूल्य प्रतितोला एक हजार १८५ रुपैयाँ कायम भएको छ । बिहीबार चाँदी प्रतितोला एक हजार २०० रुपैयाँ कायम भएको थियो । त्यस्तै, चाँदीको मूल्य प्रति १० ग्राम एक हजार १६ रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।