अन्तर्राष्ट्रिय

मेडिकल सामग्री अभावमा अफगान बालबालिकाको उपचारमा समस्या

By खबरहब

December 10, 2021

एजेन्सी- अफगानिस्तानका अस्पतालहरूमा मेडिकल सामग्रीको अभावमा अफगान बालबालिकाहरूको मृत्यु दर ५० प्रतिशत बढेको पाइएको छ ।

इन्दिरा गान्धी बाल अस्पतालका अधिकारीहरूका अनुसार अफगानिस्तानमा पर्याप्त मेडिकल सामग्री नहुँदा बालबालिकाहरूमा कुपोषण पनि बढ्दै गएको छ । कुपोषित बालबालिकाको संख्या ५० प्रतिशतले बढेको अस्पताल स्रोतलाई उद्धृत गर्दै तोलो न्यूजले जनाएको छ ।

कुपोषणका कारण अफगान बालबालिकाहरूमा अस्पताल भर्ना हुने र उपचारका क्रममा मृत्युदर पनि बढेको छ । एक चिकित्सकलाई उद्धृत गर्दै तोलो न्यूजले जनाएअनुसार त्यहाँ हालसालै बिरामीको संख्या बढेको तथा उपचारमा पनि असर परिरहेको छ ।

इन्दिरा गान्धी बाल अस्पतालका प्रमुख, मोहम्मद लतिफ बहिरले मेडिकल सामग्रीको आपूर्ति सहज बनाउन जरूरी रहेको बताएका छन् ।

स्रोत : विजनेश स्ट्यान्डर्ड