efhkfsf g]tf 8f j4{g sf7df8f}F, @$ dªl;/ M g]kfnL sfFu|];sf] !$cf}F dxflwj]zgnfO{ z'esfdgf ;Gb]z lbFb} ef/tLo hgtf kf6L{sf g]tf 8f xif{ j4{g . t:jL/ M /Tg >]i7÷/f;;

राजनीति

‘मोदीले दिए कांग्रेस महाधिवेशन सफलताको शुभकामना’

By खबरहब

December 10, 2021

 काठमाडौँ-  भारतीय जनता पार्टीले नेपाली कांग्रेसको शुक्रबार सुरु भएको १४औँ महाधिवेशनको सफताको शुभकामना दिएको छ ।

काठमाडौंमा भइरहेको कांग्रेस महाधिवेशनको उद्घाटन सत्र कार्यक्रममा भाजपा नेता हर्षवर्द्धनले भाजपा अध्यक्षसहित नेता तथा प्रधानमन्त्री नरेन्द्र मोदीले पनि शुभकामना दिएको जानकारी दिए ।

नेपाल-भारतबीच अद्भूत सम्बन्ध रहेको भन्दै उनले नेपाल संकटमा परेका बेला भारत सहयोग गर्दै आएको र आइरहने बताए ।

भूकम्प जाँदादेखि कोरोनाभाइरस संक्रमण महामारीका बेला पनि भारतले नेपाललाई सहयोग गरेको उनको भनाइ छ ।

कोरोनाभाइरसविरुद्धको खोप तुरुन्त पठाएर महामारी नियन्त्रणमा नेपाललाई भारतले सहयोग गरेको भन्दै उनले दैनिक नेपाल भारतबीचको सम्बन्ध झनै घनिष्ट बन्दै गएको बताए ।

हर्षवर्द्धनले कांग्रेसको यो महाधिवेशनमा धेरै पूर्वप्रधानमन्त्री उपस्थित भएको देख्न पाउँदा खुसी लागेको बताए ।