राजनीति

कांग्रेस भोटिङ प्रणाली पुरानै, घण्टौँ लगाएर मतदान गर्नुपर्ने

By खबरहब

December 10, 2021

काठमाडौँ– नेपाली कांग्रेसले पुरानै प्रणालीमा मतदान गर्ने भएको छ । मतदाताहरूले कागजी मतपत्रमा छाप लगाएर मतदान गर्नुपर्ने छ ।

नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टीले मतदान गर्न मेसिनको प्रयोग गरेका भए पनि कांग्रेसले भने मतपत्रको प्रयोग गर्ने भएको हो ।

मानिसहरू दिनहुँ प्रविधि मैत्री बनिरहेको अवस्थामा कांग्रेसले भने पुरानै १४औं महाधिवेशनमा पुरानै प्रक्रिया अवलम्बन गर्न लागेको हो ।

शनिबारदेखि हुने मतदानमा ४६ सय प्रतिनिधिले मतदान गर्ने छन् । एक जनालाई लामो कागजी मतदान गर्न २० मिनेटदेखि ४५ मिनेटसम्म लाग्ने बताइएको छ । जसले गर्दा मतदान प्रक्रिया निकै लम्बिन सक्ने अनुमान गरिएको छ ।

मतदान प्रक्रियामा पुरानै प्रवृत्ति अपनाएको कांग्रेसले महाधिवेशनको उद्घाटन सत्रमा भने प्रवृधिमैत्री बन्ने भन्दै एप्स नै सार्वजनिक गरेको छ ।