राजनीति

पौडेलले गरे नेतृत्वको आलोचना, भन्छन् : अब समीक्षा गरौँ

By खबरहब

December 10, 2021

काठमााडौँ– नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले महाधिवेनमा नीति र कार्यक्रममा छलफल नभएको र समयमा अधिवेशन गर्न नसकेको भन्दै पार्टी नेतृत्वको आलोचना गरेका छन् ।

१४औं महाधिवेशन उद्घाटन सत्रमा बोल्दै उनले विधिका लागि मात्र अन्तिम समयमा आएर महाधिवेशन गर्दा प्रभावकारी नभएको भन्दै एमालेको चितवन महाधिवेशनजतो आफ्नो महाधिवेशन हुन नसकेको बताए ।

उनले पार्टीलाई सक्षम बनाउन तयारीका साथ जानुपर्नेमा त्यसो हुन नसकेको बताए । उनले देश गतिहीन र अवरुद्ध भएको भन्दै संसद चल्न नसकेको, सर्वोच्च अदालत अस्तव्यस्त भएको, सरकार गतिहीन भएको बताए ।

पौडेलले आफू पार्टी एकताका लागि अन्याय सहनसमेत तयार भएको बताए । उनले सँधै मध्यमार्गी भएर पार्टीे एकतामा जोड दिएको उल्लेख गर्दै कांग्रेसलाई सुदृढ बनाउने आफ्नो ध्येय रहेको बताए ।