राजनीति

रमेश खरेलले घोषणा गरे नयाँ पार्टी

By खबरहब

December 10, 2021

काठमाडौँ– नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले शुक्रबार नयाँ पार्टी घोषणा गरेका छन् ।

काठमाडौँमा पत्रकार सम्मेलन गर्दै उनले ‘नेपाल सुशासन पार्टी’ नामक पार्टीको घोषणा गरेका हुन् । उनले देश सुहाउँदो, सुशासनलाई प्रमुख एजेण्डा बनाएर पार्टीलाई अघि बढाउने बताएका छन् ।

उनले आफ्नो पार्टीले राष्ट्रियतालाई सबैभन्दा धेरै महत्व दिने भन्दै त्यसलाई शिरमा राख्ने बताए । उनले देश सुहाउँदो सुशासनलाई पार्टीको प्रमुख एजेण्डा बनाइएको बताए ।

उनले अहिलेका राजनीतिक दलहरुले जनताका लागि केही नगरेकाले आफूहरुले नयाँ पार्टी स्थापना गरेको जिकिर पनि गरे ।

‘राजनीति गर्नेहरुलाई म राजनीतिक पेशाकर्मी भन्छु । हामी पनि राजनीतिकर्मी हुन्छौँ । मैले सबै साथीहरुलाई भनेको छु सेवा गर्ने हो मेवा खाने होइन । राजनीतिमा लागेकाहरु पेशाकर्मी भए, मेवा खाए, नागरिकहरुलाई केही वास्ता गरेनन्’, उनले भने ।