रोचक/विचित्र संसार

केटाबाट केटी बन्ने बित्तिकै खोलेको क्याफेको स्रहाना

By खबरहब

January 11, 2021

भारतको राजधानी दिल्ली नजिकै रहेको शहर नोएडामा ट्रान्सजेण्डर्सलाई समाजमा सम्मानजनक पेशाकालागी स्रहाना गरिएको छ ।

नोएडाको सेक्टर ११९ मा उरूज हुसैन नामक ट्रान्सजेण्डरले शुरु गरेको क्याफेका कारण समाजमा उनीहरुको स्रहाना भएको हो ।

नोएडा निवासी उरूज हुसैन एक ट्रान्सजेण्डर महिला हुन् । उनले समाजमा उत्प्रेरणा प्रदान गर्न क्याफे सञ्चालनमा ल्याएकी हुन् ।

ट्रान्सजेण्डरमाथि कार्य स्थलमा हुने उत्पीडनबाट आजित उरुजले ट्रान्सजेण्डर क्याफे सञ्चालन गरेकि हुन् । उरुजका अनुसार क्याफेमा कार्यरत सबै ट्रान्सजेण्डरले एक अर्कामा समान व्यवहार गर्ने छन् ।

उरूजको क्याफेको नाम स्ट्रीट टैम्पटेशन रहेको छ । उनलाई यसअघि आफू जहाँ कार्यरत थिइन् त्यहाँ पटक पटक दुव्र्यवहार भएकाले आफ्नै क्याफे सञ्चालनमा ल्याएको बताएकी छिन् ।

जन्मदा शारीरिक रुपमा पुरुष भएपनि उनमा महिलाको स्वभाव रहेकाले पछि उनले आफ्नो स्वरुप बदलेर महिला बनेकी हुन् । उनको क्याफे र उदेश्यलाई धेरैले सम्मानजनक प्रतिकृया दिएकी छिन् ।