रोचक/विचित्र संसार

मास्क नलगाउने प्रहरीलाई कारबाही

By खबरहब

May 11, 2021

कोरोना भाइरसको संक्रमणको जोखिमका कारणले सबैले मास्क लगाउने गर्दछन् ।

मास्क नलगाउनेलाई प्रहरीले कारबाही गरेका कैयौं घटनाहरु छन् । तर मास्क लगाउन जोड दिने प्रहरीले नै मास्क नगलाए के होला ? भारतमा भने कारबाही भएको छ ।

भारतको ओडिशा प्रहरीले, कोरोना सुरक्षा नियम अन्र्तगत मास्क नलगाएको भनेर एक यातायात कन्स्टेबल (प्रहरी)लाई २ हजार जरिवाना गरेको छ । ‘मास्क अभियान’को समयमा प्रहरीले नै मास्क नलगाएपछि कारबाहीमा परेका हुन् ।

ओडिशामा कोविड–१९ सुरक्षा नियम लागू गर्दै १४ दिनको अभियान चलाइएको छ । जसको उल्लघंन गर्नेहरुलाई कारबाही गरिएको थियो ।