रोचक/विचित्र संसार

निलो आखाँ भएका भाइरल चायवालाको क्याफे पाकिस्तानदेखि लण्डनसम्म

By खबरहब

June 11, 2021

केही बर्ष अघि पाकिस्तानका एक युवाको एउटा फोटो भाइरल भएको याद छ । चायवाला नामले भाइरल भएका ति पाकिस्तानी युवा केवल एउटै फोटोका कारण विश्व चर्चित बनेका थिए । निलो आखाँ र आर्कषक लुकका ति चायवाला फेरी एक पटक चर्चामा छन् ।

२३ बर्षिय अरशद खान नामक भाइरल ति पाकिस्तानी युवाले हालैमा एक घोषणा गरेर चर्चामा आएका हुन् । हुनत उनको घोषणा खासै चर्चामा आउनु पर्ने खालको ठुलो बिषय भने होइन । तर एक जमानामा केवल एक फोटोका कारण विश्व विख्यात बनेका उनका करोडौँ फ्यान माझ उनको घोषणा चर्चित बन्यो ।

अरशदले सामाजिक सञ्जाल फेसबुक मार्फत लण्डनमा एक क्याफे खोल्ने तयारी गरेको बताएका छन् । उनले शक्ति र विकास निरन्तर प्रयासबाट आउने बताउँदै चायवाला नामबाटै क्याफे खोल्ने बताएका छन् । यस अघि पाकिस्तानको राजधानी इस्लामाबादमा उनको क्याफे चाय वाला नामको क्याफे खुलिसकेको छ ।