रोचक/विचित्र संसार

जब छोरीले क्यामेरा खोलेर अभिभावकलाई पढाइन् यस्तो पत्र, भिडियो बन्यो भाइरल

By खबरहब

July 11, 2021

एजेन्सी- सामाजिक सञ्जाल ट्वीटरमा एक परिवारको भिडियो भाइरल बनको छ । एक छोरीले आफ्ना आमाबुवासँग साटेको एक सुखद पलको यो भिडियोलाई अहिलेसम्म १ करोड भ्युज प्राप्त भएको छ ।

एक छोरीले आफ्नो आमाबुवाको उत्साहलाई क्यामेरामा रेकर्ड गरेको भिडियो भाइरल बनेको छ । खासमा एक छोरी एउटा पत्र लिएर आउँछिन् र अभिभावकको छेउमा जान्छिन् ।

उनी सो पत्र पढ्न आफ्ना अभिभावकलाई दिन्छिन् । पत्र पढेर उनका आमाबुवा दुबै अत्यन्त खुसी हुन्छन् । अभिभावकको त्यही उत्साह उनले ट्वीटरमा पोष्ट गरेकी छिन् । जो भाइरल बनेको छ ।

भिडियो हेर्नुहोस्

so i told my parents we were making a video for extra credit but what they actually read was my first acceptance into optometry school pic.twitter.com/zjTbcWnuXn

— ਗ (@jeeeverz) May 19, 2021


१ मिनेटको उक्त भिडियो गुरजीव नामक युवतीले शेयर गरेकि हुन् । भिडियोमा उनको अभिभावकले पढेको पत्र, गुरजीवको विद्यालयको पहिलो स्विकृती पत्र हो ।