रोचक/विचित्र संसार

चराले बच्चाले झै गर्‍यो स्केटिङ

By खबरहब

August 11, 2021

स्केटिंग खेल त देख्नु भएकै होला । सडक, हिँउ वा भिरालो भागमा स्केटिंग गरिन्छ । यस खेलमा मानिस र केही कुकुरको भिडियो देख्न सकिन्छ । तर के चराले स्केटिंग गर्न सक्ला ?

युट्युबमा रहेको एउटा भिडियोमा चराले स्केटिगं गरेको देख्न सकिन्छ । सेता रंगको सो चराले पटक पटक स्केटिंग गर्दछ । चरालाई स्केटिंग गराउन एक विशेष प्रकारको स्केटर बोर्ड बनाईएको छ ।

स्केटिंग बोर्डमा स्केटिंग गर्ने चराको भिडियोमा धेरैले रमाइलो मानेको प्रतिकृया दिएका छन् । चराले स्केटिंग गर्दा डर नमानेको पटक पटक गर्ने हिम्मत देखाएको भन्दै कतिपयले यसलाई बहादुर चरासमेत भनेका छन् ।