सांकेतिक तस्बिर

समाचार

अछाममा जन्ती बोकेको जीप दुर्घटना, तीन जनाको मृत्यु

By खबरहब

October 11, 2021

काठमाडौँ- अछाममा जन्ती बोकेको जीप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । अन्य १६ जना घाइते  भएका छन् ।

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार पञ्चदेवल विनायक नगरपालिका–१ कुइकामा आइतबार राति से १ च १७६३ नम्बरको जीप दुर्घटनामा चालकसहित १६ जना घाइते भएका छन् ।

घाइते १६ जनामध्ये अधिकांशको जिल्ला अस्पताल अछाममा उपचार भरहेको छ । गम्भीर घाइते दुई जनाको नेपालगञ्ज लगिएको छ ।