फाइल फोटो

समाचार

आजको मौसम : पहाडी भेगमा हल्का वर्षाको सम्भावना

By खबरहब

October 11, 2021

काठमाडौँ-  नेपालबाट मनसुन बाहिरिन शुरू गरेसँग वर्षाको सम्भावना न्युन रहेको छ मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

तथापि पूर्णरुपमा मनसुन नबाहिरिएसम्म देशका केही भेगमा हल्कादेखि मध्यम वर्षा भइ रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाकाले बिहान ६ बजे जारी गरेको पूर्वानुमान बुलेटिनअनुसार हाल देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा सामान्यतया सफा रहेको छ ।

आज दिउँसो र राति पहाडी भेगका एक-दुई स्थानहरुमा मेघगर्जन/ चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।