खेलकुद

विश्वकप छनोट : अर्जेन्टिनाको शानदार जित

By खबरहब

October 11, 2021

काठमाडौँ- फिफा विश्वकप छनोट अन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले शानदार जित निकालेको छ ।

सोमबार भएको खेलमा अर्जेन्टिनाले उरुग्वेलाई ३-० गोलले पराजित गरेको हो ।

अर्जेन्टिनाको जितमा कप्तान लियोनल मेस्सी, रोड्रिगो डी पाउल र लाउटरो मार्टिनेजले एक एक गोल गरे ।

जितसँगै १० खेलमा २२ अंक जोडेको अर्जेन्टिना अंक तालिकाको दोस्रो स्थानमा छ । उरुग्वे ११ खेलमा १६ अंकसहित चौथो स्थानमा छ ।