खेलकुद

फिफा विश्वकप छनोटमा ब्राजिल र कोलम्बियाको बराबरी

By खबरहब

October 11, 2021

काठमाडौँ- फिफा विश्वकप छनोट अन्तर्गत दक्षिण अमेरिकी छनोटमा ब्राजिल र कोलम्बियाले बराबरी खेलेका छन् ।

सोमबार बिहान भएको खेलमा ब्राजिल र कोलम्बियाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् ।

बराबरीसँगै ब्राजिल १० खेलमा २८ अंक जोड्दै शीर्ष स्थानमा यथावत छ । १५ अंक जोडेको कोलम्बिया पाँचौं स्थानमा छ ।