आर्थिक

घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

By खबरहब

October 11, 2021

काठमाडौँ– नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

आज छापावाल सुन आइतबारको तुलनामा १०० रुपैयाँले घटेर प्रतितोला ९० हजार ६०० रुपैयाँमा कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार तेजावी सुन आज प्रतितोला ९० हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी तोलाको ५ रुपैयाँले बढेर १ हजार १८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।