देश/प्रदेश

पोखरा महानगरको कार्यबाहक मेयरको जिम्मेवारी मञ्जु गुरुङलाई

By खबरहब

October 11, 2021

कास्की– पोखराको कार्यबाहक मेयरको जिम्मेवारी उपप्रमुख मञ्जुदेवी गुरुङलाई दिइएको छ ।

मेयर मानबहादुर जिसी १ साउनदेखि मस्तिष्कघातको उपचार गराइरहेका छन् । जिसीले तीन महिनापछि कार्यालयमै आएर गुरुङलाई कार्यबाहकको जिम्मेवारी सुम्पिएका हुन् । मेयर नहुँदा हालसम्म महानगरको काम रोकिएको थियो ।

योसँगै जिसीले कार्यकक्षबाटै दशैँ र चाडवाडको शुभकामना दिएका छन् । उनको स्वास्थ्य केही सुधार भएको छ । सहयोगीको सहयोगमा उनी सोमबार महानगर पुगेका हुन् ।

उनले कोरोना संक्रमणको जोखिम अझै रहेकाले स्वास्थ्यप्रति सचेत भएर चाडपर्व मनाउन आग्रह गरेका छन् । करिब एक घन्टा कार्यालयमा बिताएका जिसीले महानगरले गर्ने काम, सेवा प्रवाहलाई गुनासो नआउने गरी गर्न जनप्रतिनिधि तथा कर्मचारीलाई निर्देशन दिएका छन् ।