फाइल तस्वीर

धर्म / संस्कृति

दशैँमा पाथीभरा मन्दिरमा पूजापाठ गर्नेको संख्या बढ्यो

By खबरहब

October 11, 2021

ताप्लेजुङ– नवरात्र सुरु भएसँगै पाथीभरा मन्दिरमा पूजा गर्ने भिड लागेको छ । पूजापाठ गर्ने राम्रो साइत भएकाले नवरात्रको समयसम्म पाथीभरा मन्दिरमा पूजापाठ गर्नेको भिड लाग्ने गरेको हो ।

सोमबार दुई हजारभन्दा बढी तीर्थयात्रीले पाथीभरामा पूजापाठ गर्दै गरेको पाथीभरा क्षेत्र विकास समितिका कार्याकारी निर्देशक मनमणि काफ्लेले जनाकारी दिए। नेपालका दार्जुलादेखि भारतको दार्जिलिङ र सिक्किमसम्मका तीर्थयात्रीले आज पाथीभरा मन्दिरमा पुगेर पूजापाठ गर्दै गरेको उनको भनाइ ५ ।

नवरात्रको पहिलो दिनदेखि नौ दिनसमम्म अर्थात् टीकाको अघिल्लो दिनसम्म पाथीभरा मन्दर क्षेत्रमा तीर्थयात्रीको भिड लाग्ने पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।

गत बुधबारदेखि आइतबारसम्मा १० हजारभन्दा बढीले पाथीभरा मन्दिर क्षेत्रमा पुगेर पूजापाठ गरेका छन् । बुधबार दुई सय ५० तीर्थयात्री पाथीभरा मन्दिर पुगेको माथिलो फेदी प्रहरी चौकीले जनाएको छ ।

बिहीबार आठ यस २५ जना, शुक्रबार एक हजार ६ सय ५५, शनिबार ६ हजार २५ र आइतबार ११ सय ९५ तीर्थयात्री पाथीभरा मन्दिर क्षेत्रमा पुगेर पूजापाठ गरेको माथिल्लाे फेदी प्रहरी चौकीका प्रहरी इन्चार्ज लोकबहादुर थापाले बताए ।

नौ महिना पाथीभरा मन्दिरमा पूजापाठ बन्द भएको थियो, तर गत महिनादेखि मात्र पाथीभरा क्षेत्र विकास समितिले खुल्ला गरेको हो । पाथीभरा दर्शन गर्न खुल्ला भएसँगै तीर्थयात्रीहको चहलपहल बढ्न थालेको हो ।

पाथीभरा मन्दिर क्षेत्रमा तीर्थयात्रीको भिडभाड बढेसँगै यातायाता व्यावसायी, होटल व्यावसायी र तीर्थयात्री सहयोगी उत्साहित भएको छ ।