प्रेरक

भाषाको फरक : एक प्रेरक प्रसङ्ग

By खबरहब

November 11, 2021

एक पटक नेहरु आफ्नो भाषण सकेर सभाबाट जान लागेका थिए । यो देखेर एउटा पाले तुरुन्त रजिस्टर बोकेर उनको अगाडि आइपुग्यो र भन्यो, ‘महोदय तपाईँ यसमा आफ्नो सिग्नेचर गरिदिनुस् ।’

यो सुन्ने बित्तिकै नेहरुले आफ्नो नाम अँग्रेजीमा रजिष्टरमा लेखे । यसपछि पनि त्यो पालेले फेरि भन्यो, कृपया आजको मिति पनि लेखिदिनुस् ।

उसले यसो भनेपछि नेहरुले हिन्दीमा मिति लेखिदिए ।

यो देखेर त्यो पालेले सोध्यो, यो तपाईंले के गर्नुभएको ? तपाईंले नाम अँग्रेजीमा लेख्नुभयो र तारिख हिन्दीमा ।

नेहरुले भने, तपाईंले नै मलाई सिग्नेचर गर्न र तारिख लेख्न भन्नुभएको थियो ।

यो सुनेर त्यो पालेको अनुहार लाजले रातो भयो ।

साभार  : ‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट