अन्तर्राष्ट्रिय

जसले किशोर वयमै संसार हल्लाए

By मनोज घिमिरे

November 11, 2021

काठमाडौँ– लाहोरका आसेर मलिक पाकिस्तानी क्रिकेट बोर्डका अपरेसन मेनेजर हुन् । चौबीस वर्षीया मलाला यसफजायी नोबेल पुरस्कार इतिहासको कीर्तिमानधारी विजेता । सन् २०१४ मा १७ वर्षको उमेरमा शान्तितर्फको नोबेल पुरस्कार पाएर उनले कम उमेरमा यो सफलता पाउने कीर्तिमान बनाइन् ।

संसारमा रहेका सम्पूर्ण अधिकारकर्मीका लागि प्रेरणाको स्रोत बनेकी मलालाले मलिकसँग विवाह बन्धनमा बाँधिएको कुरा इन्स्टाग्राम मार्फत सार्वजनिक गरेकी छिन् । बर्मिङ्घममा रहेको मलालाको घरमै यी दुईको बिहे भएको हो ।

कसैको बिहे हुनु धेरैका लागि अर्थ नरहन पनि सक्छ तर मलालाको जीवनका सङ्घर्ष र बहादुरीको कथा पढ्नेहरूका लागि उनको जीवनका हरेक घटनामा चासोपूर्ण हुन सक्छन् ।

तालिवानहरूले इस्लाम बालिकालाई शिक्षाबाट विमुख गराउन खोजेपछि यसको प्रतिकार गर्दा १५ वर्षको उमेरमै मलालाको टाउकोमा गोली प्रहार भएको थियो । उपचारका क्रममा बेलायत पुगेकी उनले १७ वर्षको उमेरमा सन् २०१४ मा नोबेल शान्ति पुरस्कार पाएकी हुन् ।

मलाला गत वर्ष अक्सफोर्ड विश्व विद्यालयबाट मनोविज्ञान, राजनीतिशास्त्र र अर्थशास्त्रमा स्नातक भइन् ।

संसारमा धेरैका लागि चासोको पात्र रहेकी मलालालाई भोग म्यागेजिनले जुन महिनाको अङ्कमा आवरण पृष्ठमा स्थान दिएको थियो । सोही समयमा बोल्दै उनले किशोरीहरूको मुटुमै शक्ति हुने गरेको प्रतिक्रिया दिएकी थिइन् ।

जलवायु परिवर्तनका लागि अभियान चलाएकी ग्रेटा थनबर्ग अहिले पनि चर्चामा छिन् । ग्लास्गोमा सकिँदै गरेको जलवायु सम्मेलनमा संसारका शीर्ष नेताहरूको गतिविधि सुस्त भएको भन्दै ग्रेटाको नेतृत्वमा प्रदर्शन भयो । प्रदर्शनमा संसारका युवाहरू उपस्थिति भए ।

उनले अन्य अधिकारकर्मी ग्रेटा थनबर्ग, बन्दुकविरोधी अभियन्ता एमा गोन्जालेजको पनि तारिफ गर्दै उक्त कुरा बताएकी थिइन् ।

संसारकै अग्रणी मानिएको उक्त म्यागेजिनको आवरण पृष्ठको उनको तस्बिर पनि अत्यन्त चर्चामा रहेको थियो । सुन्दरताको प्रतीक मानिएको उनको सो तस्बिर फोटोग्राफर निकट नाइटले लिएका थिए ।

यसको डिजाइन उरुग्वेकी चर्चित फेसन डिजाइनर गाब्रियला हर्टले गरेकी थिइन् । उनले उक्त पहिरन पास्थुन संस्कृति झल्काउने भएको बताएकी थिइन् । अल्पसङ्ख्यक सुन्नी मुस्लिम समुदायसँग उनी आबद्ध रहेकी छिन् ।

ग्राबियलाले मुस्लिम केटी, पास्थुन केटी या पाकिस्तानी केटीले परम्परागत पहिरन लगाउँदा पितृ सत्ताबाट दबिएको झझल्को आउने प्रतिक्रिया सोही समयमा पनि दिएकी थिइन् । भोगको त्यो तस्बिरको अर्थ पनि सुन्दर तर दबिएको झझल्को दिने खालको भएको धेरैको प्रतिक्रिया थियो ।

भोगमा उनको तस्बिर हेर्नेले पनि संसार परिवर्तनमा किशोरीको भूमिका बुझ्ने र सबैलाई प्रेरणा मिल्ने प्रतिक्रिया मलालाले दिएकी थिइन् ।

पन्ध्र वर्षको उमेरमै तालिवानले प्रहार गरेको गोली टाउकामा लागेपछि चर्चाको शिखरमा पुगेकी मलालाले सोही समयदेखि मलाला फन्डको रूपमा गैरनाफामूलक संस्था लाएकी छन् ।

आफ्नै प्रोडक्सन हाउस स्थापना गरेकी उनले एपल टीभी प्लससँग सम्झौता पनि गरेकी छन् । उनको प्रोडक्सन हाउसले बालिका शिक्षा र महिला अधिकारसम्बन्धी डकुमेन्ट्री बनाउनुका साथै एनिमेसन गर्ने, कमेडी निर्माण गर्ने र बालबालिकाका लागि मनोरञ्जनात्मक प्रस्तुति दिने गर्छ ।

भोगसँगको एक अन्तरवार्तामा उनले अधिकारका लागि सङ्घर्ष गरिहरहेको र आफ्नो अभियानलाई ट्विटरमार्फत निरन्तरता दिइरहेको बताएकी थिइन् ।

मलालाले संसारलाई प्रभाव पार्नसक्ने युवतीको रूपमा व्याख्या गरेकी एमा गोन्जालेज त गत बिहीबार मात्र २२ वर्ष पुगेकी हुन् ।

उनी २०१८ मा स्टोन म्यान डग्लस हाई स्कुलमा भएको बन्दुक आक्रमणबाट मुस्किलले बचेकी थिइन् । यसपछि उनले बन्दुक नियन्त्रणसम्बन्धी वकालत सुरु गरेकी हुन् ।

सोही समयमा यस्ता गतिविधि रोक्न राज्य असमर्थ भएको भन्दै उनले गरेको एउटा भाषण अत्यन्त भाइरल भएको थियो । उनकै नेतृत्वमा यो बन्दुक हमलामा मारिनेको स्मृतिमा कार्यक्रम आयोजना गरिएको थियो । बन्दुक हमला ६ मिनेट लामो अन्तरालसम्म भएको कारण त्यति नै समय मौन धारण पनि गरिएको थियो ।

टाइम्स म्यागेजिनले सन् २०१८ मै गोन्जालेजलाई संसारका प्रभावशाली सय जनाको सूचीमा सूचीकृत गरेको थियो । त्यो बन्दुक हमलामा बचेका डेभिड हग, ज्याकलिन कोरिन, क्यामरुन कास्की र एलेक्स विन्डले उक्त अभियानमा गोन्जालोजलाई साथ दिइरहेका छिन् । सो बन्दुक हमलामा उनीहरूकै कक्षाका १७ जनाको ज्यान गएको थियो ।

अमेरिकाको मिनोस्टाका सांसद भइसकेका रिपब्लिक नेता इहान ओमारकी छोरी इस्रा हिरसीको आफ्नै पहिचान छ । हिरसीले सन् २०१८ मा १४ वर्षको उमेरमा जलवायुसम्बन्धी मुद्दा उठाएर संसारको ध्यान आकृष्ट गरेकी थिइन् । उनैले जलवायु कानुनको आवश्यकतामाथि बहस सुरु गरेकी थिइन् ।

यस्तै, जलवायु परिवर्तनका लागि अभियान चलाएकी ग्रेटा थनबर्ग अहिले पनि चर्चामा छिन् । ग्लास्गोमा सकिँदै गरेको जलवायु सम्मेलनमा संसारका शीर्ष नेताहरूको गतिविधि सुस्त भएको भन्दै ग्रेटाको नेतृत्वमा प्रदर्शन भयो । प्रदर्शनमा संसारका युवाहरू उपस्थिति भए ।

प्रदर्शनमा स्कुले बालबालिका, कलेजका विद्यार्थी र तिनका अभिभावकसमेत आफ्ना सन्ततिको सुरक्षित भविष्यका लागि भन्दै उपस्थिति भए । अझै पनि यो क्रम जारी छ ।

ग्रेटाको नेतृत्वमा भएको जुलुस, सभा, वक्तव्यले संसारको ध्यान खिचेको छ ।

सन् २०१८ मा राष्ट्र सङ्घीय महासभामा ग्रेटाले दिएको जलवायुसम्बन्धी मन्तव्यपछि उनको चर्चा संसारभर फैलिएको थियो ।

समा बिन्ट सुहेलले अबुधाबीमा रहेको न्युयोर्क युनिभर्सिटीबाट स्नातक तहको पढाइ पूरा गरेपछि अक्सफोर्ड विश्वविद्यालयबाट छात्रवृत्ति पाएकी थिइन् । बाइस वर्षको उमेरमै उनी युवा मामिलासम्बन्धी मिनिस्टर अफ स्टेट चयन भएकी थिइन् ।

सन् २०१८ मा फोब्र्स म्यागेजिनले उनलाई मध्यपूर्वका ३० वर्षमुनिका प्रभावशाली ३० व्यक्तित्वमा समावेश गरेको थियो । उनले युवा सशक्तीकरण अभियान र युवालाई सामाजिक गतिविधिमा अझ बढी सक्रिय बनाउने काममा आफूलाई सक्रिय राखिन् ।

उनले २०१८ मै एक मन्तव्यमा युएईका युवाहरू र संसारका अन्य युवाहरू उस्तै क्षमता भएकाले अवसर पाएमा जुनसुकै जिम्मेवारीका लागि पनि आफू दक्ष रहेको बताएकी थिइन् ।

युवा अभिनेत्री यारा सहिदी अहिले चर्चामा शिखरमा छिन् । सुन्दरता र राम्रो अभिनयका लागि चर्चित यिनी पछिल्लो समय हलिउडका विविधताहरूका साथै शिक्षामा महिला सशक्तीकरणको मुद्दा उठाएका कारण चर्चामा रहेकी हुन् ।

युवा महिला सशक्तीकरण विद्यालयसँग मिलेर उनले यारा क्लब पनि स्थापना गरिन् । यसले डिजिटल रूपमै महिलालाइए सबल बनाउने लगायत अन्य सामाजिक विषयमा छलफल गराउँछ ।

उनले यसअघि तत्कालीन प्रथम अमेरिकी महिला मिचेल ओबामाको ‘लेट्स गर्ल लर्न एजुकेसन इनिसिएटिभ’ मा पनि आफ्नो उपस्थिति जनाएकी थिइन् ।

जलवायुकै विषयमा आवाज उठाउने अर्की अभियन्ता जेम्स मार्गोलिन पनि विश्व समुदायले त्यतिकै सम्झने नाम हो । सन् २०१५ मा १३ वर्षको उमेरमा उनले वासिङ्टन सिटलको आफ्नो गृहनगरमा सार्वजनिक रूपमा प्रदर्शन गरेकी थिइन् ।

यस प्रदर्शनपछि चर्चामा आएकी उनले ‘जिरो आवर’ नामको संस्था स्थापना गर्दै सो संस्थामार्फत जलवायु गतिविधिमा आफूलाई सक्रिय राखिन् ।

संसारका यी प्रेरक बालिका वा किशोरीको जीवनकथा अगामी पुस्ताका लागि पनि प्रेरणाको स्रोत बन्न सक्छ । यिनैमध्येकी मलाला यसफजायी जिन्दगीको नयाँ अध्याय सुरु भएको छ । संसारको अपेक्षा छ कि उनको नयाँ जीवनले उनले चालेको महिलाको शिक्षाको अभियान रोकिने छैन ।

‘जिरो आवर’ ले अन्य युवा सङ्गठनहरूसँग मिलेर आफ्नो अभियानलाई निरन्तरता दिएपछि संसारको ध्यान आकृष्ट गर्न सफल भएको हो ।

अमेरिकाको मिनोस्टाका सांसद भइसकेका रिपब्लिक नेता इहान ओमारकी छोरी इस्रा हिरसीको आफ्नै पहिचान छ । हिरसीले सन् २०१८ मा १४ वर्षको उमेरमा जलवायुसम्बन्धी मुद्दा उठाएर संसारको ध्यान आकृष्ट गरेकी थिइन् । उनैले जलवायु कानुनको आवश्यकतामाथि बहस सुरु गरेकी थिइन् ।

उनले सन् २०१९ मा ‘युएस युथ क्लाइमेट स्ट्राइक ग्रुप’ स्थापना गरिन् । यसमार्फत सुरु गरेको अभियानमा सन् २०१९ को मार्चमा संसारका १२० देशका करिब १६ लाख युवाले जलवायुका विषयमा कदम चाल्नुपर्ने माग राख्दै कक्षा बहिस्कार गरेका थिए ।

अभियन्ता मार्ली डायसले सन् २०१५ मा ११ वर्षको उमेरमा हजार जना अश्वेत बालिका जम्मा गरेर सङ्गठित गरेकी थिइन् । यसपछि उनले हजार वटा पुस्तक जम्मा गरेर वितरण गरेकी थिइन् । यी सबै पुस्तकका प्रमुख पात्र अश्वेतहरू थिए ।

यो सफलतापछि उनी सन् २०१८ मा फोर्ब्सको ३० वर्षमुनिका उत्कृष्ट ३० युवाको सूचीमा सूचीकृत भइन् ।

एक पुस्तक प्रकाशित गरेपछि सिकागो ट्रिब्युनको अन्तर्वार्तामा उनले यो पुस्तक पढ्ने अश्वेत बालिकाले आफ्नो पुर्खाबारे जानकारी पाउनुपर्ने कुरा बताएकी छिन् ।

तेस्रो लिङ्गीको आवाज उठाउने डेसमन्ड नोपोलेसले न्युयोर्कमा खेलेको परेड भाइरल भएको थियो । तेस्रो लिङ्गीको आवाज उठाउने यी अभियन्तालाई पनि संसारले चिन्ने गरेको छ ।

मेरी कोपनीले २०१६ को मार्चमा ८ वर्षको उमेरमा राष्ट्रपति बराक ओबामालाई मिचिगनको पानीको समस्याबारे पत्र लेखेकी थिइन् । यो पत्र पढेपछि ओबामा मिचिगन पुगेर पानीको समस्या समाधान गर्न प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका थिए

संसारका यी प्रेरक बालिका वा किशोरीको जीवनकथा अगामी पुस्ताका लागि पनि प्रेरणाको स्रोत बन्न सक्छ । यिनैमध्येकी मलाला यसफजायी जिन्दगीको नयाँ अध्याय सुरु भएको छ । संसारको अपेक्षा छ कि उनको नयाँ जीवनले उनले चालेको महिलाको शिक्षाको अभियान रोकिने छैन । –एजेन्सीहरूको सहयोगमा