प्रतिकात्मक तस्वीर

अन्तर्राष्ट्रिय

इन्डोनेसियामा ६.१ म्याग्नीच्युडको भूकम्प

By खबरहब

November 11, 2021

एजेन्सी- इन्डोनेसियामा बिहीवार भूकम्प गएको छ । देशको पूर्वी प्रान्त पपुवा बारातमा बिहीबार सवेरै भूकम्प गएको हो ।

भूकम्प सम्वन्धी निकायले ६.१ म्याग्नीच्युडको भूकम्प गएको जनाएको छ । ठूलो भूकम्प आएपनि आँधीको खतरा भने नरहेको अधिकारीहरुले जनाएका छन् । त्यसैगरी अहिलेसम्म कुनै क्षतिको विवरण पनि नआएको उनीहरुको भनाइ छ । स्थानीय समयानुसार बिहीबार बिहान ८:४५ बजेतिर भूकम्प गएको हो ।