काठमाडौँ– पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै २१ देखि ३० उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ देखि ३० वर्ष उमेर समूहका सबैभन्दा धेरै ६६ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तो छ उमेर समूह अनुसार कोरोना संक्रमितको विवरण : ०–१० वर्ष –६
११–२० वर्ष –२६
२१–३० वर्ष –६६
३१–४० वर्ष – ६५
४१–५० वर्ष – ६०
५१–६० वर्ष – ३१
६१–७० वर्ष –२८
७१–८० वर्ष – १२
८० वर्षभन्दा माथि –७
अज्ञात– ०