समाचार

पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध प्रधानमन्त्रीको पुत्ला दहन (भिडियो)

By खबरहब

November 11, 2021

काठमाडौँ– पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको भन्दै प्रमुख प्रतिपक्षी निकट विद्यार्थी संगठन अनेरास्ववियुले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरेको छ ।

बिहीबार अनेरास्ववियुले प्रदर्शनी मार्गस्थित आरआर क्याम्पसबाट विरोध प्रदर्शन सुरु गरेको थियो । त्यसपछि पुत्ला दहन गरिएको थियो ।

पुत्ला दहनमा प्रहरीले हस्तक्षेप गरी आगो निभाएको थियो ।

नेपाल आयल निगमले बुधबार रातिबाट लागू हुनेगरी खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर ७५ रुपैयाँ र डिजेल तथा पेट्रोलमा प्रतिलिटर ३–३ रुपैयाँ मूल्य बढाएको छ ।

निगमले १२ दिनको फरकमा दोस्रो पटक मूल्य बढाएपछि त्यसको चर्को विरोध भइरहेको छ । कांग्रेस निकटबाहेक अन्य सत्ता गठबन्धन निकट विद्यार्थी संगठनहरुले पनि मूल्य वृद्धिविरुद्ध आन्दोलन घोषणा गरेका छन् ।