समाचार

प्रधानसेनापति शर्मा र भारतीय रक्षामन्त्री राजनाथबीच भेट

By खबरहब

November 11, 2021

काठमाडौँ– भारत भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्मा उच्चस्तरीय भेटमा व्यस्थ भएका छन् । विहीबार प्रधानसेनापति शर्माले भारतीय रक्षामन्त्री राजनाथ सिंहसँग भेट गरेका छन् ।

यस्तै शर्माले भारतीय विदेशमन्त्री एस जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहाकार अजित डोभालसँग पनि भेट गरेका छन् ।

बुधबार शर्माले भारतीय सेनाका चिफ अफ डिफेन्स स्टाफ विपिन रावतसँग भेट गरेका थिए । शर्मालाई भारतीय राष्ट्रपति रामनाथ कोविदले भारतीय सेनाको मानार्थ प्रधानसेनापतिको दर्ज्यानी चिन्हबाट सुशोभन गरेका थिए ।

Chief of the Army Staff, Nepali Army General Prabhu Ram Sharma met with Defence Minister Rajnath Singh in New Delhi today

(Photo courtesy: Office of Defence Minister) pic.twitter.com/sB4p7hODZb

— ANI (@ANI) November 11, 2021