समाचार

परराष्ट्रमन्त्री खड्का–सार्क महासचिव भेट, सार्कलाई सक्रिय बनाउनेबारे छलफल

By खबरहब

November 11, 2021

काठमाडौँ– परराष्ट्रमन्त्री डा नारायण खड्कासँग दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का महासचिव एसाला रुवान वीराकुनले शिष्टाचार भेट गरेका छन् ।

त्यस अवसरमा उनीहरूबीच सार्कको वर्तमान स्थितिबारे छलफल भएको । रोकिएको क्षेत्रीय प्रक्रियालाई पुनःसञ्चालन गर्नेलगायत क्षेत्रीय सहयोगका विविध आयाम र आवश्यकताबारे विचारविमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भारत र पाकिस्तानबीच तनावका कारण पाकिस्तानमा हुनुपर्ने सार्क शिखर सम्मेलन लामो समयदेखि रोकिएको छ । २०१४ मा नेपालमा शिखर सम्मेलन भएयता शिखर सम्मेलन हुन सकेको छैन। पछिल्लो पटक अफगानिस्तान संकटका कारण सार्क झन संकटमा छ । खासगरी भारतले सार्कलाई महत्व दिन छाडेकाले यो क्षेत्रीय संगठनको भविष्य नै अन्योलमा छ । नेपाल हाल सार्कको अध्यक्ष राष्ट्र हो ।