क्रिकेट

पाकिस्तानद्वारा अष्ट्रेलियालाई १७७ को लक्ष्य, अष्ट्रेलियाको सुदृढ ब्याटिङ

By खबरहब

November 11, 2021

काठमाडौँ– टी–ट्वान्टी विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनल खेल दुबईमा पाकिस्तान र अष्ट्रेलियाबीच भइरहेको छ । टस हारेपछि पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तानले ४ विकेटको क्षतिमा १७६ रन बनायो । उसका लागि रिजवान अन्सारी र फकर जमानले अर्धशतक बनाएका थिए ।

जवाफी ब्याटिङ गर्न मैदानमा आएको अष्ट्रेलियाले सुरुमै विकेट गुमाए पनि सुदृढ ब्याटिङ गरिरहेको छ । शाहीन शाह अफ्रिदीले पहिलो ओभरको तेस्रो बलमै अष्ट्रेलियाका कप्तान एरोन फिन्चलाई एलबीडब्ल्यू आउट गरेका थिए ।

त्यसपछि मैदानमा आएका मिचेल मार्श र ओपनर डेबिड वार्नरले विस्फोटक ब्याटिङ गरे । मार्श २२ बलमा २८ बनाएर आउट भए । यो समाचार तयार पार्दासम्म ३३ रनमा खेलिरहेका छ । अष्ट्रेलियाले २ विकेट गुमाएर ८ ओभरमा ७० रन बनाएको छ ।

पहिलो सेमिफाइनलमा न्यूजिल्याण्डले इंग्ल्याण्डलाई हराएको थियो ।