जोक्स

चुट्किला : घन्टको बटन

By खबरहब

December 11, 2021

एउटा बच्चा धेरै बेरदेखि एउटा ढोका बाहिरको घन्टीको बटन थिच्ने कोसिस गर्दै थियो तर सकिरहेको थिएन । एउटा बुढा मान्छेले यो देखेछ र बच्चाको अगाडि आएर सोधेछ-

बुढा : बाबु तिमी के गर्दै छौ ?

बच्चा : अङ्कल यो घन्टी बजाउन चाहन्छु ।

बुढा (घन्टीको बटन थिच्दै) : ल बाबु मैले बजाइदिएँ, अब के गर्ने ?

बच्चा : अब भागौँ…।

साभार : ‘भद्रगोल, हँसाउने चुट्किला’ पुस्तकबाट