फाइल फोटो

समाचार

भारतमा कोरोना संक्रमणको अवस्था स्थिर

By खबरहब

December 11, 2021

काठमाडौँ – भारतमा पछिल्लो २४ घण्टामा ७ हजार ८७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

ओल्डोमिटरको पछिल्लो विवरणअनुसार यही अवधिमा ७ हजार ६७८ जना संक्रमणमुक्त भएका छन् १४० जना संक्रमितको मृत्यु भएको छ ।

यससँगै भारतमा सकृय संक्रमितको संख्या एक लाख २ हजारको हाराहारीमा स्थिर छ । पछिल्लो साता दैनिक थपिने र निको हुनेको संख्या करिब उस्तै छ ।