फाइल फोटो

खेलकुद

ए डिभिजन लिगमा आज दुई खेल हुने 

By खबरहब

December 11, 2021

काठमाडौँ – सहिद स्मारक ‘ए डिभिजन लिग’मा आज दुई खेल हुँदैछन् ।

पहिलो खेलमा दिउँसो १ बजे सातदोबाटो यूथ क्लब र न्यु रोड टिम प्रतिस्पर्धा गर्दैछन् ।

दुई टोलीबिचको खेल काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

अर्को खेलमा हिमालयन शेर्पा क्लब र मच्छिन्द्र क्लब बेलुकी पौने ५ बजे आमने सामने हुनेछन् ।