फुटबल

वाट्फोर्डलाई हराउँदै ब्रेन्टफोर्डको पुनरागमन जित

By खबरहब

December 11, 2021

काठमाडौँ – ब्रायन एमबेउमोले इन्जुरी समयमा पेनाल्टीमा गोल गरेपछि नवप्रवेशी ब्रेन्टफोर्डले इंग्लिस प्रिमियर लिगमा पुनरागमन जित निकालेको छ ।

शुक्रबार राति घरेलु मैदान ब्रेन्टफोर्ड कम्युनिटी स्टेडियमा भएको खेलमा ब्रेन्टफोर्डले वाट्फोर्डलाई २-१ अन्तरको पराजित गरेको हो ।

प्रतिस्पर्धात्मक खेलमा भ्रमणकारी टोली वाट्फोर्डका इमानुयल डेनिसले २४औं मिनेटमा गोल गरे । घरेलु टोलीका पोन्टुस जानसनले ८४ मिनेटमा बराबरी गोल गरे । ९० मिनेटपछि थपिएको ५ मिनेटमा गोल गर्दै एमबेउमोले गोल गरेसँगै घरेलु टोलीले पाँचौँ जित निकालेको हो ।

जितसँगै ब्रेन्टफोर्ड १६ खेलबाट २० अंक जोड्दै नवौँ स्थानमा छ । यता, पराजित वाट्फोर्ड भने समान खेलबाट १३ अंकसहित रेलिगेशन जोनबाट बच्ने संघर्ष गर्दै छ । जारी लिगमा १५ खेल खेलेको म्यानचेष्टर सिटी ३५ अंक सहित शीर्षस्थानमा छ ।