समाचार

फोनिजको जिल्ला अधिवेशन आज, माघमा संघीय महाधिवेशन

By खबरहब

December 11, 2021

काठमाडौँ – आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को जिल्ला अधिवेशन आज हुँदैछ ।

मुलुकका ७७ जिल्ला तथा विदेशस्थित जिल्ला शाखाको अधिवेशन एकैपटक आज गर्न लागेको हो ।

देशभर आज एकैपटक अधिवेशन गर्न लागेको फोनिजले २४ पुसमा प्रदेशस्तरीय सम्मेलनको आयोजना गर्नेछ ।

७-८ मा माघमा सातौँ संघीय महाधिवेशन गर्ने गरी अधिवेशन धमाधम भइरहेका छन् ।