राजनीति

कांग्रेस महाधिवेशन : उम्मेदवारी मनोनयन दर्ता सुरु 

By खबरहब

December 11, 2021

काठमाडौँ – नेपाली कांग्रेसको १४ औँ महाधिवेशनका लागि उम्मेदवारी मनोनयन दर्ता सुरु भएको छ ।

आज बिहान १०  बजे उम्मेदवारी मनोनयन दर्ता सुरु भएको हो । साँझ ५ बजेसम्म मनोनयन दर्ता गर्न सकिने नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

साँझ ७ बजेसम्म मनोनयन दर्ता उपर दाबी गर्न सकिने निर्वाचन समितिले जनाएको छ। आजै बेलुका ७ बजेदेखि ९ बजेसम्म दाबी विरोध उपर निर्णय हुने निर्वाचन कार्यतालिकामा उल्लेख गरिएको छ । आजै उम्मेदवारको पहिलो नामावली पनि प्रकाशन हुने जनाइएको छ ।

भोलि बिहान ११ बजेसम्ममा उम्मेदवारले मनोनयन फिर्ता लिसक्नुपर्ने छ । दिउँसो १२ : १५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने र पर्सि बिहान ८ बजेबाट मतदान हुने निर्वाचन समितिले जनाएको छ ।

निर्वाचनका लागि भृकुटीमण्डप, राष्ट्रिय सभा गृह र महेन्द्र पुलिस क्लब गरी तीन ठाउँमा मतदान केन्द्र तोकेको छ ।