क्रिकेट

पुबुदु दशानायके क्रिकेट टिमको मुख्य प्रशिक्षकमा नियुक्त

By खबरहब

December 11, 2021

काठमाडौँ – नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकमा पुबुदु दशानायके नियुक्त भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान)को आज बसेको बैठकले पुबुदुको नाम अनुमोदन गरेको हो ।

क्यानले यसअघि पुबुदुसहित ५ जना प्रशिक्षकको नाम आईसीसीमा सिफारिस गरेको थियो ।

सन् २०११ देखि २०१५ सम्म नेपालका मुख्य प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए ।