राजनीति

कांग्रेस सभापतिका लागि कल्याण गुरुङको उमेदवारी दर्ता

By खबरहब

December 11, 2021

काठमाडौँ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले पार्टीको जारी महाधिवेशनमा सभापति पदका लागि उम्मेदवारी दिएका छन् ।

गुरुङले आज बिहान १० : २८ मा सभापति पदमा उम्मेदवारी दर्ता गरेका हुन् । यससँगै उनी उम्मेदवारी दिने पहिलो व्यक्ति बनेका छन् ।

कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्यसमेत रहेका गुरुङले धेरै अघि पत्रकार सम्मेलन गरेरै सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका थिए ।

सुरुमा संस्थापन पक्षमा रहेका गुरुङ पछि पौडेल समूहमा थिए । उनी कांग्रेस विभाजनपछि नेविसंघको अध्यक्षमा निर्वाचित भएका थिए ।

बिहान १०  बजे सुरु भएको उम्मेदवारी मनोनयन दर्ता साँझ ५ बजेसम्म चल्नेछ ।