राजनीति

प्रकाशमान सिंहले नै पार्टी हाक्नुहुन्छ भन्ने विश्वास छ : सुजाता कोइराला

By खबरहब

December 11, 2021

काठमाडौँ- नेता प्रकाशमान सिंहको प्यानलबाट उपसभापतिको उम्मेदवार बनेकी नेतृ सुजाता कोइरालाले सिंह देश र जनताका लागि दृढ निष्ठावान भएर काम गर्ने नेता भएको बताएकी छन् ।

उपसभापति उम्मेदवार घोषणा समारोहमा कोइरालाले सिंह सभापति भइरहँदा आफू महिला भएको तथा आफ्ना पूर्खाहरु पार्टीमै होमिएको गर्विलो इतिहास रहेकाले टीमसमेत समावेशी रहेको दाबी गरिन् ।

‘एउटै नेतृत्व हेर्दा हेर्दै वाक्क भइसकेका जनतालाई अब नयाँ नेतृत्व दिन आवस्यक छ’, उनले भनिन्,’ पार्टीलाई माथि पुर्‍याउन अब नेतृत्व परिवर्तन आवश्यक छ, विश्वास त्यसको जिम्मेवारी हामीलाई नै  सुम्पिनु हुन्छ ।’